'भाइबर नेपालसँगको सहकार्यमा यात्रुहरुलाई सहज तरिकाले टिकट उपलब्ध गराउने उद्देश्यले ‘भर्चुअल सेल्स काउन्टर’ को व्यवस्था गरी यो सेवा आजबाट सुरु गरिएको छ। यो भर्चुअल काउन्टर बिहान ७:०० बजेदेखि बेलुका ७:०० बजेसम्म खुल्ला रहने छ,' कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन वर्तौलाले भने।
यात्रुले टिकटको भुक्तानी सहजै क्यूआर कोडमार्फत् गर्न सक्ने उनले जानकारी दिए।
यात्रुहरुलाई टिकट काट्न थप सहज बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको उनले बताए। हाल कम्पनीले मोबाइल एप, वेबसाइट, सेल्स काउन्टर, ट्राभल एजेन्सी, ई–सेवा र खल्ती मार्फत् टिकट विक्री वितरण गर्दै आएको छ।
हाल मेसेज मात्र पठाउन मिल्ने गरी सुरु गरिएको भाइबर टिकेटिङ सेवालाई निकट भविष्यमा कलमार्फत सेवा प्रवाह गर्न योजना रहेको जनाइएको छ।
कम्पनीका अनुसार कम्पनीको उडान सेवा लिने यात्रुले आधिकारिक भाइबर नम्बर (१०१०१०१०१०) मा म्यासेज गरेर टिकट लिन सक्नेछन्।