व्यवसायी राजेश बाबुलाई अस्ट्रिया सरकारको डेकोरेसन अफ अनर इन सिल्भर पदक, क्याबिनेटको स्वीकृति

बिजमाण्डू
२०७९ असार २ गते १५:०५ | Jun 16, 2022
व्यवसायी राजेश बाबुलाई अस्ट्रिया सरकारको डेकोरेसन अफ अनर इन सिल्भर पदक, क्याबिनेटको स्वीकृति


काठमाडौं। सरकारले व्यवसायी राजेश बाबु श्रेष्ठलाई अस्ट्रिया सरकारबाट प्रदान गरिने डेकोरेसन अफ अनर इन सिल्भर पदक ग्रहण गर्न स्वीकृति दिएको छ। 

Tata
GBIME

श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन्। 

जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई अस्ट्रिया सरकारले दिने पदक ग्रहण गर्न स्वीकृति दिएको थियो। 

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त निर्णय बारे जानकारी दिएका हुन्। 
श्रेष्ठका बुवा लक्ष्मण बाबु श्रेष्ठले सन् २००२ मा यही पदक गोल्डमा पाएका थिए।