सुन तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो, चाँदीको कारोबार मूल्यमा २० रुपैयाँको गिरावट

२०७९ जेठ ३१ गते ११:२८
सुन तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो, चाँदीको कारोबार मूल्यमा २० रुपैयाँको गिरावट


काठमाडौं। सुनको मूल्य अघिल्लो दिनको भन्दा तोलामा १ हजार ८ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि कारोबार मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ। 

TATA
GBIME

सोमबार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा तोलामा २० रुपैयाँको गिरावट छ। मंगलबार प्रतितोला १२ सय ४५ रुपैयाँ भएको छ। १५ रुपैयाँ घट्दा सोमबार प्रतितोला १२ सय ६५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १८२५.७२ डलर छ भने चाँदी २१.१९ डलर छ। सोमबार सुन प्रतिऔंस १८६५.५० डलर र चाँदी २१.६९ डलरमा कारोबार भएको थियो।


Sunrise Bank