डिजिटल भुक्तानी सरकारको प्राथमिकता भएको संचारमन्त्रीको भनाई, दुर्गममा प्रविधिको बिस्तार हुने

बिजमाण्डू
२०७९ जेठ २० गते १२:०१ | Jun 3, 2022
डिजिटल भुक्तानी सरकारको प्राथमिकता भएको संचारमन्त्रीको भनाई, दुर्गममा प्रविधिको बिस्तार हुने

काठमाडौं। संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताएका छन्। सरकारले डिजिटल भुक्तानीलाई बढावा दिँदै आएको बताए। 

Tata
GBIME
Nepal Life

शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमाडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले डिजिटल भुक्तानी प्राथमिकतामा रहेको बताएका हुन्। 

कार्यक्रमले डिजिटल नेपाल फेमवर्क कार्यक्रममा समेत सघाउ पुग्ने पनि उनले बताए। सूचना प्रविधिको विकासविना मुलुकको विकास असम्भव भएको बताउँदै मन्त्री कार्कीले सूचना प्रविधिमा समाजका सबै तप्कालाईसँगै लिएर जानुपर्ने बताए। यस्तै, दूरदराजका क्षेत्रमा समेत सूचना प्रविधिको पहुँच विस्तारमा सरकारले सहयोग गर्ने बताए।

सूचना प्रविधिको पहुँच सबै नागरिकमा पुर्याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको मन्त्री कार्कीले बताए। साथै, यसलाई अझ सस्तो, गुणस्तीय बनाउन पनि सरकार सकरात्मक रहेको बताए।