काठमाडौं। आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थवाङ गाउँपालिका वडा २ मा पर्ने सानोसरे भीरमा दुर्घटनामा पर्यो। चालक दलका सदस्यसहित २२ जना सवार विमान दुर्घटनास्थल भोलिपल्ट बिहानमात्रै पत्ता लाग्यो।
त्यसपछि नेपाली सेना यात्रुको खोजीमा लाग्यो। भीर र खोंचमा खसेका यात्रुको शव संकलन मुस्किल थियो। केही शव निकाल्न निकै समय पनि लाग्यो। यद्यपि सोमबार र मंगलबार गरी सेनाले २२ जनाकै शव काठमाडौंस्थित शिक्षण अस्पतालको फरेन्सिक विभागमा ल्याएको छ। त्यहाँबाट पोस्टमार्टमपछि आफन्तलाई शव जिम्मा लगाउने प्रबन्ध मंगलबारदेखि शुरु भएको छ।
फोटोमा दुर्घटनास्थलमा सेना खटिएका दृश्य :









