ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मिनिसो र मिसियो स्टोरमा भुक्तानी गर्दा १०% क्यासब्याक पाउने

बिजमाण्डू
२०७९ जेठ १७ गते १६:१८ | May 31, 2022
ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मिनिसो र मिसियो स्टोरमा भुक्तानी गर्दा १०% क्यासब्याक पाउने


काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने भएको छ। 

Tata
GBIME
Nepal Life

बैंकले अन्तर्राष्ट्रिय ब्रान्ड स्टोरहरु मिनिसो र मिसियोसँग साझेदारी गर्दै योजना सार्वजनिक गरेको हो। योजनामा बैंकका ग्राहकहरूले डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआरमार्फत भुक्तानी गर्दा प्रत्येक कारोबारमा १०% (अधिकतम तीन सय रुपैयाँसम्म) क्यासब्याक पाउने बैंकले जनाएको छ। 

यो योजना जेठ १८ गते बुधबारदेखि काठमाडौं उपत्यकाभित्रका मिनिसो र मिसियोका सबै स्टोरहरूमा लागू हुने बताइएको छ। फ्रेन्चाइजमा आधारित अन्तर्राष्ट्रिय रिटेल चेन डिपार्टमेन्टल स्टोर मिनिसो र मिसियोका १२ भन्दा बढी स्टोरहरू संचालनमा छन्। 

७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।