जावा-४२ स्पोर्ट्स स्ट्राईप नेपाली बजारमा सार्वजनिक, साढे सात लाख मूल्यको बाइक यस्तो छ

बिजमाण्डू
२०७९ जेठ १७ गते ११:४९ | May 31, 2022

काठमाडौं। नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक अग्नि मोटोइंकले जावा-४२ नयाँ स्पोर्ट्स स्ट्राइप सेग्मेन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

स्पोर्ट्स स्ट्राइप मोडलका सबै मोटरसाइकलमा विविध आन्तरिक समायोजनहरु गरिएका छन्, जसमध्ये २९३ सीसीबीएस-सिक्स लिक्विड कुल्ड, फ्युल-इन्जेक्टेड इन्जिनले हाल २७.३३ पीएस पावर र २७.०२ एनएम टर्क उत्पादनको क्षमता राख्छ।

यो पहिलो क्रस पोर्ट लेआउट भएको सिंगल सिलिन्डरयुक्त इन्जिनले जावाको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्यास प्रवाहको लागि सहज बनाउनुका साथै कार्यक्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्ने गर्छ।

यो बाइक अलस्टार ब्ल्याक, ओरियन रेड र सिरियस ह्वाइट कलरमा उपलब्ध छ। यो बाइकलाई स्टाइलिङ र प्राविधिक पक्षमा विशिष्ट मानिएको छ। जावा-४२ स्पोर्ट्स स्ट्राइपको चर्चित गायक सुशान्त केसीले कम्पनीको शोरुम उत्तरढोकामा बुकिङ गरिएका बाइकहरु वितरण गरी सार्वजनिक गरेका छन्।

'मलाई पहिलेदेखि नै जावा मोटरबाइक निकै मन पर्थ्यो। त्यसैले मैले एक वर्षदेखि आफ्नो हरेक यात्राका लागि जावा पेराकलाई आत्मीय बनाएको छु। र, हाल नेपालमा जावा बाइकको कलेक्सनमा जावा-४२ स्पोर्ट्स स्ट्राइप पनि थपिएकोमा एकदम हर्षित छु र यसको सफलताको कामना पनि गर्दछु,' गायक केसीले भने।

अग्नि मोटोइंकका महाप्रबन्धक शरद मिश्रले जावा बाइकको बिक्री राम्रो भइरहेको बताए। उनका अनुसार १३-स्पोक एलोय ह्वीलले यस मोटरसाइकलको ‘स्पोर्टी क्लासिक’ व्यक्तित्वलाई उल्लेखनीय रूपमा प्रस्तुत गरेको छ।

यो बाइकमा नयाँ सिट प्यानका साथै लामो सवारीमा थप आरामदायी बनाउन कुशनिङको साथ पुनःइन्जिनियरिङ गरिएको छ। साथै, रिट्युन गरिएको सस्पेन्सन र फ्रेम सेटअप, ट्वीन एग्जस्ट र कन्टिनेन्टलद्वारा एबीएसले सुसज्जित उत्कृष्ट स्तरको ब्रेकिङ प्रणालीले प्रतिस्पर्धीहरु बीच सबैभन्दा छोटो ब्रेकिङ दूरी र उत्कृष्ट नियन्त्रणको अनुभूति दिलाउँछ।

यो बाइकको मूल्य ७ लाख ५८ हजार रुपैयाँ निर्धारण गरिएको छ।