राष्ट्र बैंकको सञ्चालकमा फर्किए चिन्तामणि शिवाकोटी र शंकर आचार्य, ५ वर्षका लागि नियुक्त

बिजमाण्डू
२०७९ जेठ ११ गते ११:२० | May 25, 2022
राष्ट्र बैंकको सञ्चालकमा फर्किए चिन्तामणि शिवाकोटी र शंकर आचार्य, ५ वर्षका लागि नियुक्त


काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्यलाई नियुक्त गरेको छ। अर्थमन्त्रालयबाट दीलिप ढुंगानाको नाम प्रस्ताव भए पनि प्रधानमन्त्री कार्यालयले शिवाकोटीलाई सञ्चालक बनाएको हो। 

Tata
GBIME
NLIC

स्थानीय तह निर्वाचनअघि नै नाम सिफारिस गरिए पनि नियुक्ति रोकिएको थियो। निर्वाचन आयोगले स्वीकृति नदिएका कारण रोकिएको थियो। 

शिवाकोटी यसअघिका डेपुटी गभर्नर हुन्। उनी त्यहीँका क्याडर हुन्। उनी गभर्नरमा पनि सिफारिस भएका थिए। मंगलबारको मन्त्रिपरिषद्ले उनीहरुलाई  नियुक्त गरेको हो।

उनी एमाले निकट भए पनि सत्तारुढ गठबन्धन पार्टीको सिफारिसमा सञ्चालक बनेका हुन्। आचार्य नेपाल राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक हुन्। राष्ट्र बैंकमा ३० वर्ष काम गरेपछि उनी अवकाश भएका थिए।

पाँच/पाँच वर्षको दुई कार्यकाल सकेर श्रीराम पौडेल र पाँच वर्षको एक कार्यकाल सकेर रामजी रेग्मी अवकाश भएपछि सञ्चालक पद रिक्त थियो।