मलेसिया एयरले ल्यायो यात्रु रिझाउने योजना, लामो दुरी सेवा लिनेलाई आन्तरिकतर्फ भाडा छुट

२०७९ जेठ ११ गते १०:५३
मलेसिया एयरले ल्यायो यात्रु रिझाउने योजना, लामो दुरी सेवा लिनेलाई आन्तरिकतर्फ भाडा छुट


काठमाडौं। मलेसियाको ध्वजावाहक वायुसेवा कम्पनी मलेसियन एयरलाइन्सले यात्रुलक्षित आकर्षक योजना सार्वजनिक गरेको छ। लामो दुरीका हवाई सेवा लिने यात्रुका लागि आन्तरिकतर्फ निःशुल्क यात्राको सुविधा दिने भएको हो। 

Tata
GBIME

कोभिड-१९ संक्रमण नियन्त्रणमा आएसँगै हवाई सेवामा यात्रु क्रमिक बढिरहेका छन्। कम्पनीले आफ्नो बजार हिस्सा थप वृद्धि गर्नका लागि यो योजना सार्वजनिक गरेको जनाएको छ।

गत अप्रिल पहिलो साताबाट आफ्नो उडान सेवा पुनः सुरु गरेको कम्पनीले एसियाली यात्रुलाई थप आकर्षित गर्न यो अफर ल्याएको हो। यो 'बोनस साइड ट्रिप' मार्फत यात्रुले आफ्नो अनुकूलता अनुसार मलेसियाका विभिन्न पर्यटकीय गन्तव्यमा 'मिनी होलिडेज' अन्तर्गतको समय व्यतीत गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले सार्वजनिक गरेको यो योजना आउँदो डिसेम्बर ३१ सम्म लागू रहने जनाइएको छ भने यात्रुले यस अन्तर्गतको सेवा सन् २०२३ मार्चसम्म लिन सक्नेछन्। कम्पनीले जारी गरेको विवरण अनुसार यात्रुले अलोर सेतार, लङ्कावी, जोहोर बाह्रु, कोता बाह्रु, क्वाला तेरेङ्गानु, क्वानतान पेनाङ लगायतको गन्तव्यमा यो योजनाको अवसर लिन सक्नेछन्।

कम्पनीले यो योजना लिनका लागि वेबसाइटमा गएर 'बोनस साइड ट्रिप' मा आफ्नो विवरण उल्लेख गर्नुपर्ने जनाएको छ। यस अघि सिंगापुर एयरलाइन्सले यस्तै अफर सार्वजनिक गरेको थियो। तर कोभिड-१९ का कारण केही उडान स्थगित भएको थियो। (एजेन्सी)


Sunrise Bank