पेट्रोलियमको मूल्य लागतका आधारमा निर्धारण हुने, ‘फार्म टु इन्डस्ट्री’ कार्यक्रम ल्याउने घोषणा

२०७९ जेठ १० गते १६:५८
पेट्रोलियमको मूल्य लागतका आधारमा निर्धारण हुने, ‘फार्म टु इन्डस्ट्री’ कार्यक्रम ल्याउने घोषणा


काठमाडौं। सरकारले आगामी बजेटमार्फत ‘फार्म टु इन्डस्ट्री’ कार्यक्रम ल्याउने भएको छ। मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यो कार्यक्रम नमुनाको रुपमा सुरु गरिने बताएकी हुन्।

TATA
GBIME

प्रधानमन्त्री उपभोग तथा उत्पादन कार्यक्रम सुरु गरिने भएको छ। यसका लागि भन्सार छुटदेखि अन्य सहजीकरण गरिने भएको छ। साथै साझ पूर्वाधार निर्माणसमेत गरिने भएको छ।

‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ जस्ता निजी क्षेत्रका कार्यक्रमलाई सहजीकरण गरिने भएको छ। विदेशी लगानी आकर्षित गर्न स्वचालित रुट प्रणाली अवलम्बन गरिने भएको छ। उद्योग प्रशासनलाई प्रविधिमैत्री बनाइने छ भने एकल सेवा केन्द्रलाई शक्तिशाली बनाइने भएको छ।

पेट्रोलियम पदार्थको मूल्यलाई लागत प्रभावितका साथै स्वचालित बनाइने भएको छ।


Sunrise Bank