यससहित अब यो विद्युतीय स्कुटरको नयाँ भर्सनलाई आइक्यूव, आइक्यूव एस र आइक्यूव एसटीगरी तीन भेरियन्टमा उपलब्ध हुने भएको हो।
कम्पनीले भारतीय बजारमा सार्वजनिक गरेको अपडेटेड टीभीएस आईक्युबको न्यूनतम मूल्य ९८ हजार भारु रहेको छ। जसमा मिड-स्पेक आईक्युब एसको मूल्य भने १.१९ लाख भारु छ। आईक्युब एसटीको मूल्य भने कम्पनीले अझै खुलासा गरेको छैन।
फुल चार्जमा १४० किलोमिटर रेन्ज दिनेगरी यो स्कुटरको नयाँ संस्करण ल्याएको टीभीएसले जनाएको छ। यस स्कुटरमा ४.४ किलोवाट क्षमतको मोटर प्रयोग भएको छ।
नयाँ भर्सन आइक्यूवको वेस भेरियन्टमा ५ इन्चको कलर टीएफटी डिस्प्ले राखिएको छ। यसमा स्मार्ट कनेन्ट फिचर पनि उपलब्ध छ।
त्यस्तै, मिड भेरियन्टमा ७ इन्चको डिस्प्ले र टप भेरियन्टमा टच स्क्रिन डिस्प्ले रहेको जनाइएको छ।