सुनचाँदीको मूल्य फेरि बढ्न थाल्यो, सुनमा प्रतितोला २ सय रुपैयाँ र चाँदीमा २० रुपैयाँ वृद्धि

बिजमाण्डू
२०७९ जेठ ३ गते १०:५६ | May 17, 2022

काठमाडौं । सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ सय रुपैयाँले बढेर कारोबार मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

Tata
GBIME
Nepal Life

साताको पहिलो दिन तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँ भएको थियो । सोमबार सुनको मूल्य स्थिर थियो ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार  २सय ४० रुपैयाँ कायम भएको छ । गत आइतबार मूल्य घट्ने क्रममा प्रतितोला एक हजार  २सय ४० रुपैयाँ मा आइपुगेको थियो ।

अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । सोमबार प्रतिऔं १८११.०९ डलर भएको सुन मंगलबार बढ्ने क्रममा १८२३.९३ डलरमा कारोबार भएको छ । चाँदी प्रतिऔंस २१.५९ डलर छ । सोमबार चाँदी प्रतिऔंस २१.११ डलर थियो ।