असारमा आयोजना हुँदै डिजिटल नेपाल कन्क्लेभ, डिजिटल एजेण्डा र अवधारणामा छलफल हुने

बिजमाण्डू
२०७९ बैशाख २८ गते १२:२५ | May 11, 2022
असारमा आयोजना हुँदै डिजिटल नेपाल कन्क्लेभ, डिजिटल एजेण्डा र अवधारणामा छलफल हुने


काठमाडौं। आइसीटी फाउण्डेशन नेपालले असार पहिलो साता दुई दिने डिजिटल नेपाल कन्क्लेभ २०२२ आयोजना गर्दैछ।  
असार ४ र ५ गते हुने कन्क्लेभमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट ६० भन्दा बढी वक्ता र सात सयभन्दा बढी व्यक्ति तथा विज्ञहरुको सहभागिता रहने आयोजकले जनाएको छ।  

Tata
GBIME
Nepal Life

कार्यक्रममा १५ भन्दा धेरै सेसनहरु रहने छन्। कार्यक्रममा डिजिटल नेपालको एजेण्डा र अवधारणाहरुमा बृहत छलफल गर्ने तयारी आयोजकको छ। 
नेपाल सरकारले अघि बढाएको डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारी ढंगले कसरी कार्यान्वयनमा लग्ने भन्ने सन्दर्भमा कन्क्लेभ केन्द्रित रहने आयोजकले जनाएको छ। 

कार्यक्रममा डिजिटल नेपालको अभियान, डिजिटल रुपान्तरणको प्रयास, नविनतम प्रविधिहरु र यसका अभ्यासहरुसँग जोडेर सान्दर्भिक बहसहरु सञ्चालन गरिने आयोजक आइसिटी फाउण्डेशन नेपालका अध्यक्ष राजन लम्सालले बताए। 

कन्क्लेभमा युवाहरुको इन्नोभेटिभ आइडियाहरुलाई पनि स्थान दिइने र विद्यार्थीका डिजिटल नेपाल सम्बन्धी क्रिएशनलाई पनि प्रस्तुत गर्ने आयोजकले जनाएको छ। डिजिटल नेपाल कन्क्लेभको प्रिमियरको रुपमा आयोजकले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम समेत आयोजना गरिरहेको छ।