सुनको मूल्य एक हजार रुपैयाँले घट्यो, तोलाको ९७ हजारमा कारोबार हुँदै, चाँदी पनि ओरालो

बिजमाण्डू
२०७९ बैशाख २८ गते ११:१० | May 11, 2022
सुनको मूल्य एक हजार रुपैयाँले घट्यो, तोलाको ९७ हजारमा कारोबार हुँदै, चाँदी पनि ओरालो

काठमाडौं । सुनको मूल्य क्रमिक घट्न थालेको छ । अघिल्लो दिनको भन्दा सुन तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।

Tata
GBIME
Nepal Life

मंगलबार सुन तोलामा ७ सय रुपैयाँले घटेर कारोबार मूल्य ९८ हजार थियो । एक सातादेखि सुनको मूल्य ९८ हजार भन्दा बढीमा कारोबार भइरहेको थियो ।

चाँदीको मूल्य लामो समयपछि तोलामा एक हजार २ सय ४५ रुपैयाँ कायम भएको छ । चाँदी तोलामा ३० रुपैयाँ घटेको हो । मंगलबार चाँदी तोलाम १० रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा  सुनको मूल्य घट्दा यसको प्रभाव स्थानीय बजारमा देखिन थालेको छ । बुधबार सुन १८३९.१३ डलरमा कारोबार भएको छ । चाँदी प्रतिऔंस २१.५१ डलर छ । मंगलबार सुन प्रतिऔंस १८६२.८१ डलर र चाँदी प्रतिऔंस २२.०५ डलरमा कारोबार भएको थियो ।