चुनावमा घर जान बससेवा डटकमबाट टिकट काटे सुनको असर्फी जित्ने मौका, यस्ता छन् अरु उपहार

बिजमाण्डू
२०७९ बैशाख २३ गते १०:१९ | May 6, 2022
चुनावमा घर जान बससेवा डटकमबाट टिकट काटे सुनको असर्फी जित्ने मौका, यस्ता छन् अरु उपहार


काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न गाउँघर जाने यात्रुलाई लक्षित गर्दै बससेवाले विशेष अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत बससेवा डटकम मार्फत अनलाइन टिकट बुकिङ गर्न यात्रुले सुनको असर्फी जित्न सक्ने बताइएको छ। 

Tata
GBIME
Nepal Life

वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवा मार्फत अनलाइन टिकट बुकिङ गर्ने यात्रुमध्ये तीन जनालाई गोलाप्रथामार्फत सुनको असर्फी प्रदान गरिने कम्पनीले जनाएको छ। यस्तै, सोही अवधिमा बस टिकट काट्नेमध्ये २० जनाले क्यूएफएक्स टिकट प्राप्त गर्ने छन्।

२७ जना यात्रुले भने अल्टिमेट वाटर एडभेन्चर्स कम्पनीको तर्फबाट नारायणी नदीमा मोटरबोट चढ्ने टिकट पाउने कम्पनीले जनाएको छ। बिजेताहरुको घोषणा निर्वाचन सकिएपछि गोलाप्रथाबाट गर्ने तयारी कम्पनीको छ।  

स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता होस् र मतदान गर्न जाने यात्रुलाई सहज रूपमा बस टिकट उपलब्ध गराउने उद्देश्यले यस्तो अफर सञ्चालन गरिएको बससेवाका प्रमुख कार्यकारी पीआर खनालले बताए। 

‘निर्वाचनमा धेरै भन्दा धेरै मत खसोस् भन्ने सरकार र राजनीतिक दलको चाहना हुन्छ। यो समयमा धेरै मतदाता गाउँ फर्कनुहुन्छ। उहाँहरुलाई मतदान गर्न जाँदा बस टिकट नपाएर समस्या नपरोस् भन्ने उदेश्यले यस किसिमको योजना ल्याइएको हो,’ खनालले भने।  

पछिल्ला दिनमा गाउँ फर्कने यात्रुको संख्या बढ्न थालेकाले टिकट नपाउने अवस्था सिर्जना नहोस् भन्दै बससेवाले समयमै आफ्नो बस टिकट बुकिङ गर्न समेत सबै यात्रुलाई अनुरोध गरेको छ। 

बससेवाले नेपालभरका एसी, डिलक्स, हायसलगायतका बसको टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ। यात्रुहरूले बससेवा डटकम, बससेवाको मोबाइल एप तथा इसेवा, फोनपे, खल्ती, प्रभुपे लगायत नजिकै रहेका साइबर, कम्युनिकेसन तथा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत अनलाइन टिकट काट्न सकिने कम्पनीले जनाएको छ।