काठमाडौंका धारामा फेरि झर्‍यो मेलम्चीको पानी, दैनिक १९ करोड लिटर पानी वितरण गरिने

बिजमाण्डू
२०७९ बैशाख ११ गते ०९:१० | Apr 24, 2022
काठमाडौंका धारामा फेरि झर्‍यो मेलम्चीको पानी, दैनिक १९ करोड लिटर पानी वितरण गरिने

काठमाडौं। आज बिहान ९ बजेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण सुरु भएको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले नयाँ बानेश्वरस्थित केयूकेएलको कार्यालय पुगेर पानी वितरणको थालनी गरेका हुन्। 

Tata
GBIME
Nepal Life

गत चैत २९ गते सिन्धुपाल्चोकका हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स क्षेत्रको वैकल्पिक सुरुङबाट पानी पठाउन सुरु गरिएको थियो। गत मंगलबार पानी सुन्दरीजल आइपुगेको हो।

केयुकेएलका कार्यकारी अधिकृत मिलन शाक्यले मेलम्चीको थप १७ करोड लिटर र पुरानो पाइपबाट २ करोड लिटर प्रत्येक दिन वितरण हुने बताए। उनले काठमाडौंको नयाँ १ लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण गरिने जानकारी दिए।

उनले काठमाडौं उपत्यकाको ४३ लाख जनसंख्यालाई लक्षित गरेर केयुकेएलले काम गरिरहेको भए पनि हाललाई ४ सय १० किलोमिटर पाइपलाइनमा मात्र पानी वितरण हुने जानकारी दिए। आइतबारदेखि केयुकेएलले महाँकाल चौर, मिनभवन, अनामनगर, बाँसबारी, महाराजगंज, बालाजु, खुमलटार, कीर्तिपुर, थिमिको तिगेरी र कटुन्जे रिजर्भ्वायर ट्यांकीबाट पानी वितरण गर्ने भएको छ।