टेलिकमको एजीएमबाट २०% बोनससहित नगद लाभांश पारित, बिहीबारबाटै सेयरधनीको खातामा

बिजमाण्डू
२०७८ चैत्र २४ गते १८:१७ | Apr 7, 2022
टेलिकमको एजीएमबाट २०% बोनससहित नगद लाभांश पारित, बिहीबारबाटै सेयरधनीको खातामा


काठमाडौं। नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) १४औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ। योसँगै २० प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव अनुमोदन गरेको छ।   

Tata
GBIME
NLIC

कम्पनीको बिहीबार सम्पन्न १४औं  वार्षिक साधारण सभाले चुक्ता पुँजी १८ अर्ब पुर्‍याउने एजेण्डा पारित गरेको हो। साधारणसभामा करिब ९२ प्रतिशत सेयरधनीहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ।

उक्त सभाले आव २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ। साथै, आव २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ। 

आव २०७७/७८ मा कम्पनीले कर तथा गैरकर वापत कुल आयको ५० प्रतिशतभन्दा रकम अर्थात् २७ अर्ब ७३ करोड रुपैयाँ राजस्व बुझाएको छ। 
चौधौं साधारण सभाले पारित गरे बमोजिमको लाभांश रकम बिहीबारबाटै सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले आव २०७७/७८ मा सात अर्ब १३ करोड रुपैयाँ खुद नाफा गरेको थियो