भन्सार एजेन्टको परीक्षा स्थगित, कोभिड संक्रमण कम भएपछि अर्को मिति तोक्ने तयारी

बिजमाण्डू
२०७८ माघ ९ गते १५:०२ | Jan 23, 2022
भन्सार एजेन्टको परीक्षा स्थगित, कोभिड संक्रमण कम भएपछि अर्को मिति तोक्ने तयारी


काठमाडौं। भन्सार एजेन्टको परीक्षा स्थगित भएको छ। कोभिडको कारण देखाउँदै भन्सार विभागले परीक्षा स्थगित गरेको हो। 

Tata
GBIME
Nepal Life

विभागले माघ २९ गते परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। लोक सेवा आयोग र त्रिभुवन विश्वविद्यालयले परीक्षा स्थगित गरेको कारण देखाएर विभागले पनि परीक्षा सार्ने निर्णय गरेको हो।    

भन्सार नियमावली, २०६४ को नियम ३७(१)  बमोजिम भन्सार एजेन्टको इजाजतपत्रको परीक्षा सञ्चालन गर्ने विभागको तयारी थियो। 

परिस्थिति सहज हुनासाथ परीक्षाको अर्को मिति प्रकाशित गरिने विभागले जनाएको छ। विभागले करिब २० वर्षपछि ६ सय ६० जना भन्सार एजेन्ट थप गर्ने निर्णय गरेको हो। भन्सार बिन्दुमा मालवस्तु जाँचपासका लागि एजेन्टले काम गर्ने गर्छन्।

यो परीक्षामा भाग लिनका लागि स्नातक तह उत्तीर्ण गरी ३ महिना कम्प्युटर तालिम लिएका व्यक्ति योग्य हुने प्रावधान राखिएको छ। एक सय पूर्णांकको लिखित परीक्षा र अन्तर्वार्तामा पास भएपछि ७ लाख धरौटी राखी एजेन्ट लाइसेन्स लिन सकिने व्यवस्था छ।