कालोबजारी गर्ने दुई औषधि व्यवसायी पक्राउ, हेटौंडामा अत्यधिक मूल्यमा मास्क बेच्थे

बिजमाण्डू
२०७८ माघ ५ गते १५:४९ | Jan 19, 2022

काठमाडौं। मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले बुधबार हेटौंडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका संचालक साजित अंसारी र सक्षम औषधि पसलका संचालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका संचालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने उनले बताए।