सेञ्चुरी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ, २० वर्ष बैंकिङ अनुभव

बिजमाण्डू
२०७८ पुष ३० गते २०:२७ | Jan 14, 2022
सेञ्चुरी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ, २० वर्ष बैंकिङ अनुभव

काठमाडौं। सेञ्चुरी क्यापिटल मार्केट्सको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ नियुक्त भएका छन्। सेञ्चुरी बैंकको सहायक कम्पनीका सिइओ श्रेष्ठले आइतबार कार्यभार सम्हाल्नेछन्। 

Tata
GBIME

श्रेष्ठ यस अघि सेञ्चुरी बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए।

वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनीसँग हिमालयन बैंक, सिद्धार्थ बैंकमा  २० वर्ष भन्दा बढीको बैकिङ अनुभव छ।

श्रेष्ठ संचालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिन्छन्।