होन्डाले चीनमा इभी उत्पादन विस्तार गर्दै, डोङफेङसँग सहकार्यमा वुहानमा इभीको प्लान्ट राख्दै

बिजमाण्डू
२०७८ पुष २४ गते १२:५६ | Jan 8, 2022

काठमाडौं। जापानको दोस्रो ठूलो गाडी उत्पादक कम्पनी होण्डा मोटर्सले चीनस्थित आफ्नो जोइन्ट भेन्चर कम्पनी डोङफेङ मोटरसँगको साझेदारीमा वुहानमा नयाँ प्लान्ट खोल्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले एक कार्यक्रममा चीनको वुहानमा इभी उत्पादनका लागि प्लान्ट खोल्ने घोषणा गरेको हो। कम्पनीले उक्त नयाँ प्लान्टमार्फत सन् २०२४ बाट इभी उत्पादन गर्ने योजना बनाएको छ।

कम्पनीका अनुसार यो प्लान्टमार्फत वार्षिक एक लाख २० हजार थान विद्युतीय गाडी उत्पादन हुनेछ। जापानको दोस्रो ठूलो यो गाडी उत्पादक कम्पनीले चीनमा यही वर्षबाट आफ्नो इभी सार्वजनिक गर्ने योजना बनाएको छ। कम्पनीले १० वटा इभीको मोडल ल्याउने व्यवसायिक योजना रहेको जनाएको छ ।