एभरेष्ट बैंकले पनि डाक्यो लाभांश पारित गर्न साधारणसभा, पुस १ को सभामा यस्ता छन् एजेण्डा

बिजमाण्डू
२०७८ मंसिर ९ गते ०८:३८ | Nov 25, 2021
एभरेष्ट बैंकले पनि डाक्यो लाभांश पारित गर्न साधारणसभा, पुस १ को सभामा यस्ता छन् एजेण्डा

काठमाडौं एभरेष्ट बैंकले पुग १ गते बार्षिक साधारणसभा डाकेकोछ । सभामा गत बर्षको नाफाबाट प्रस्ताव गरिएको लाभांश अनुमोदनको एजेण्डा लगिँदैछ।

Tata
GBIME
Nepal Life

भर्चुअल माध्यमबाट हुने बार्षिक साधारणसभामा १०.३२ प्रतिशत लाभांशको एजेण्डा लगिँदैछ। बैंक सञ्चालक समितिले चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस सेयर र ४.३२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव गरेको छ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड रुपैयाँ छ। अब बोनस सेयरपछि पुँजी ९ अर्ब ४२ करोड नाघ्ने छ। बैंकको लाभांश पोहोरभन्दा थोरै कम भएपनि बोनस सेयर भने पोहोरभन्दा बढि छ। पोहोर ५ प्रतिशत बोनस सेयर दिएकोमा यसपाली ६ प्रतिशत दिन लागेको हो।

बैंकको जगेडा कोषमा ८ अर्ब ६२ करोड रुपैयाँ छ। बैंकले गत बर्ष एक अर्ब ४६ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो।