नेपाली सेनाका जवानलाई घर बनाउन २५ लाख रुपैयाँसम्म ऋण, वार्षिक ब्याज दर ३.३२ प्रतिशत



२०७८ कात्तिक २३ गते ०९:२३
नेपाली सेनाका जवानलाई घर बनाउन २५ लाख रुपैयाँसम्म ऋण, वार्षिक ब्याज दर ३.३२ प्रतिशत


काठमाडौं। घर नभएका नेपाली सेनाका जवानलाई ब्याज अनुदानमा ऋण उपलब्ध गराइने भएको छ। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सैनिक कल्याणकारी कोषसँग सम्झौता गर्दै उनीहरुलाई घर निर्माण गर्न २५ लाख रुपैयाँसम्म ऋण दिइने भएको छ।

Tata
GBIME

ऋण उपलब्ध गराउने सम्झौतापत्रमा प्रधान सेनापति प्रभुराम शर्माको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथि आनन्दकुमार अधिकारीले हस्ताक्षर गरेका छन्।

सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पुरा गरेका सकल दर्जाहरुलाई कोषको सिफारिसमा ऋण उपलब्ध गराइने छ। 

बैंकले आधार दरमा न्यूनतम प्रिमियम लिई ऋण दिने छ। वार्षिक ३.३२ प्रतिशतमा घर खरिद वा घर निर्माण गर्न अधिकतम १५ वर्षसम्म ऋण पाइने छ। 

सम्झौता बमोजिम कोषले बैंकलाई निक्षेप समेत उपलब्ध गराउने छ। नेपाली सेनाका बहालवाला सकलदर्जाहरुको आफ्नै आवासको व्यवस्था भइ सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने बैंकले जनाएको छ।


Sunrise Bank