प्राइम कमर्सियल बैंकले घोषणा गर्‍यो १६ प्रतिशत बोनस सेयर, पोहोरभन्दा लाभांश दर बढ्यो 

२०७८ कात्तिक २३ गते ०९:१२
प्राइम कमर्सियल बैंकले घोषणा गर्‍यो १६ प्रतिशत बोनस सेयर, पोहोरभन्दा लाभांश दर बढ्यो 


काठमाडौं। प्राइम कमर्सियल बैंकले गत बर्षको नाफाबाट चुक्ता पुँजीको १६.६३ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले यसमध्ये १६ प्रतिशत बोनस सेयर दिने छ।

Tata
GBIME

बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गर्न बाँकी छ। बैंकले पोहोरभन्दा लाभांश दर बढाएको हो।

बैंकले पोहोर १५ प्रतिशत बोनस सेयर दिएको थियो। त्यसअघिका दुई वर्ष १६ प्रतिशतका दरले बोनस सेयर दिएको थियो। बैंकले पछिल्लो १० वर्षमा २७ प्रतिशतसम्म लाभांश दिएको इतिहास छ।

बैंकको अहिले चुक्ता पुँजी १६ अर्ब ८ करोड रुपैयाँ छ। जगेडा कोषमा ५ अर्ब ७६ करोड रुपैयाँ छ। बैंकले गत आर्थिक वर्ष २ अर्ब ६६ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा ३२ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको छ।


Sunrise Bank