खुकुरी रमले प्याकेजिङ परिवर्तन गर्‍यो, छठपछि नयाँ प्याकेजिङको रम बजारमा, १३ देशमा एकै पटक

बिजमाण्डू
२०७८ कात्तिक १७ गते १०:५९ | Nov 3, 2021
खुकुरी रमले प्याकेजिङ परिवर्तन गर्‍यो, छठपछि नयाँ प्याकेजिङको रम बजारमा, १३ देशमा एकै पटक

काठमाडौं। खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तन गरेको छ। स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा बजारमा उत्रिने निर्णय गरेको विज्ञप्तिमा जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले चाँडै विश्वस्तरीय नयाँ प्याकसहित बजारमा आउने तयारी समेत तीव्र गतिमा अगाडि बढेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार रमको प्याकेजिङ तथा बोटलको लुक्स निकै आकर्षक बनाइएको छ तर ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन गरिएको छैन। नयाँ प्याकेजिङसहितको खुकुरी रम तिहार र छठपछि बजारमा आउँदैछ। 

खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरु एक महिनाअघि नै बन्द भइसकेको कम्पनीले जनायो। तर, नयाँ प्याक लञ्च नहुञ्जेल बजारमा रहने भएकाले 'बिसौं वर्षदेखि ग्राहकको मनमा रहेको खुकुरी रमको पुरानो प्याक सम्झनाका लागि ग्राहकहरुले आफ्नो साथ राख्न सक्ने' विज्ञप्तिमा उल्लेख छ।

हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन हुन लागेको हो।

खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरुप परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरुको मन जित्ने खुकुरी रमको उत्पादक नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले बताए।  

‘हामीले स्थानीयदेखि विश्व बजारसम्मका हाम्रा अमूल्य ग्राहकहरुको सुविधा तथा चाहनालाई ध्यानमा राखेर खुकुरी रमको नयाँ प्याक डिजाइन गरेका हौं। नयाँ प्याकमा समेत हामीले खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखेका छौं,' महाप्रबन्धक लामिछानेले भने, 'यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रूपमा ध्यान दिएका छौं। बरु त्यो अनुभव अझ विशेष बनोस् भन्ने हाम्रो चाहना हो।’ 

कोभिड-१९ संक्रमणको जोखिम कायमै रहेका कारण खुकुरी रमको नयाँ प्याकको अनलाइन लञ्चिङ गरिने भएको छ।