तिहारमा केही भाइमसलाको मूल्य बढ्यो, महँगिनेमा नरिवल, किसमिस र छोकडा, सुकमेल तीन हजारमा झर्‍यो

२०७८ कात्तिक ८ गते १७:०६
तिहारमा केही भाइमसलाको मूल्य बढ्यो, महँगिनेमा नरिवल, किसमिस र छोकडा, सुकमेल तीन हजारमा झर्‍यो


काठमाडौं। तिहारमा भाइमसला(ड्राइ फ्रुट्स)को मूल्य केही महँगिएको छ। नरिवल, किसमिस, छोकडाको मूल्य बढेको छ। नरिवल किलोको सय रुपैयाँ महँगिएको छ। छोकडा किलोको २ सय ५० रुपैयाँ पुगेको छ।

TATA
GBIME

यसअघि छोकडा किलोको १ सय १५ रुपैयाँ मात्रै थियो। किसमिस पनि किलोमा ३० रुपैयाँ बढेर ४ सय ३० रुपैयाँ कायम भएको छ।

असन बज्र किराना स्टोरका संचालक बाबुराम योन्जनले केही ड्राइ फ्रुट्सको मूल्य बढेको बताए। उनका अनुसार काजु गुणस्तर हेरेर किलोको १५ सयदेखि १७ सय रुपैयाँ छ। पिस्ता किलोको १८ सय रुपैयाँ छ।

योन्जनका अनुसार ‌ओखरको भाउ किलोको ५० रुपैयाँ घटेर ५ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ। अहिले सबैभन्दा धेरै घट्नेमा सुकमेल छ। अहिले सुकमेल किलोको तीन हजार रुपैयाँ कायम भएको छ।

 केही समय अघिसम्म सुकमेल किलोकै पाँच हजार रुपैयाँ हाराहारीमा थियो। मखना किलोको दुई हजार रुपैयाँ रहेको योन्जनले बताए। किराना व्यवसायी तथा खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले ड्राइ फ्रुट्सको मूल्य खासै नबढेको बताए।


Sunrise Bank