सानिमा बैंकको काठमाडौंको चपली र भक्तपुरको बालकोटमा नयाँ शाखा, संख्या ११६ पुग्यो

बिजमाण्डू
२०७८ कात्तिक ४ गते १७:०३ | Oct 21, 2021
सानिमा बैंकको काठमाडौंको चपली र भक्तपुरको बालकोटमा नयाँ शाखा, संख्या ११६ पुग्यो

काठमाडौं। सानिमा बैंकले काठमाडौंको चपली र भक्तपुरको बालकोटमा शाखा खोलेको छ। शाखाबाट सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध हुनेछ।

Tata
GBIME
Nepal Life

चपली शाखाको उद्घाटन बैंक अध्यक्ष बिनयकुमार श्रेष्ठ र बढानिलकण्ठ नगरपालिका ७ का अध्यक्ष बसबहादुर महर्जनले संयुक्त रुपमा गरेका छन्।

बालकोट शाखाको उद्घाटन सूर्यविनायक नगरपालिकाका उपमेययर जिना बस्नेत र वडा नम्बर २ का अध्यक्ष कमलनाथ चाचार्यले संयुक्त रुपमा गरेका छन्।

बैंकको सातै प्रदेशमा कुल शाखा संख्या ११६ पुगेको छ। बैंकको ९७ वटा एटीएम छ।