एप्पलको अक्टोबर इभेन्ट, सार्वजनिक भयो नयाँ प्रोसेसरसहितको म्याकबुक प्रो र एयरपड्स थ्री

बिजमाण्डू
२०७८ कात्तिक २ गते ११:४८ | Oct 19, 2021
एप्पलको अक्टोबर इभेन्ट, सार्वजनिक भयो नयाँ प्रोसेसरसहितको म्याकबुक प्रो र एयरपड्स थ्री


काठमाडौं। एप्पलले बहुप्रतिक्षित र गोप्य राखेको अक्टोबर २०२१ 'अनलिज्ड इभेन्ट' मार्फत् नयाँ प्रोसेसरसहितको म्याकबुक प्रो र एयरपड थ्री सार्वजनिक गरेको छ। 

Tata
GBIME
Nepal Life

नेपाली समयअनुसार सोमबार राती पौने १० बजेदेखि उक्त इभेन्ट भर्चुअल्ली प्रसारण भएको थियो। एप्पलले म्याकबुक प्रो सिरिज १४ र १६ इन्चमा ल्याएको छ। जसमा नयाँ एम१ प्रो र एम१ प्रो म्याक्स चिपसेट जडान गरिएको छ। यी दुवै चिपसेटमा १०-कोर सीपीयू, १६ कोर (प्रो) र ३२ कोर जीपीयू (म्याक्स) छन्। 

म्याकबुक प्रोलाई यसअघिको भन्दा नयाँ डिजाइन दिइएको छ। एप्पलले म्याकबुकमा एचडीएमआई र एसडी कार्ड पोर्ट जडान गरेको जनाएको छ। म्याकबुकमा म्यागसेफ चार्जिङसमेत राखिएको बताइएको छ। 

त्यसैगरी, एप्पलले एयरपड्स प्रो जस्तै एयरपड्स थ्री पनि रिडिजाइन सहित सार्वजनिक गरेको छ। यी एयरपड्सहरु पसिना र पानी प्रतिरोधी (वाटर रेसिस्टेन्ट) रहेको एप्पलले जनाएको छ। भारतीय बजारमा एयरपड्स थ्री को सुरुआती मूल्य १८ हजार पाँच सय भारु (२९ हजार ६ सय रुपैयाँ) पर्ने बताइएको छ। 

यी प्रडक्टहरुको प्रि-बुकिङ नेपालमा भने कहिलेदेखि खुल्छ भन्ने जानकारी आइसकेको छैन।