मेक्सिको र क्यानडासँगको सीमा खोल्दै अमेरिका, खोपको पूर्ण मात्रा लगाएकालाई मात्र प्रवेश दिने

बिजमाण्डू
२०७८ असोज २७ गते १३:३५ | Oct 13, 2021

अमेरिकाले मेक्सिको र क्यानडासँग जोडिएको सीमा खुला गर्ने भएको छ। आगामी नोभेम्बरबाट कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाएका यात्रुहरुका लागि सीमा खुला हुने बताइएको छ।

Tata
GBIME
Nepal Life

कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै अमेरिकाले मेक्सिको र क्यानडासँगको सीमा मार्च २०२० देखि बन्द गरेको थियो।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले  केही समयअघि मात्रै अमेरिका आउने सबै यात्रुले विश्व स्वास्थ्य संगठन र अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशनले मान्यता दिएको खोप लगाउनु पर्ने बताएको थियो।

अमेरिकाले हालसम्म जोनसन एन्ड जोन्सन, फाइजर र मोडर्ना खोपको प्रयोगका लागि स्वीकृति दिइसकेको छ। विश्व स्वास्थ्य संगठनले भने अस्ट्राजेनेका-अक्सफोर्ड, सिनोभाक र सिनोफ्रामका खोपको प्रयोगका लागि पनि अनुमति दिइसकेको छ।