इ-फार्मको खसी मेला सुरु, घरमै बसीबसी खसीदेखि हाँसमम्म यसरी रोजेर मगाउन सकिन्छ

बिजमाण्डू
२०७८ असोज २६ गते १५:३५ | Oct 12, 2021
इ-फार्मको खसी मेला सुरु, घरमै बसीबसी खसीदेखि हाँसमम्म यसरी रोजेर मगाउन सकिन्छ


काठमाडौं। दसैं-तिहारलाई लक्षित गरेर इ-फार्मले अनलाइनले खसी मेला सुरु गरेको छ। ललितपुर धापाखेलमा चलिरहेको खसीमेलामा उपभोक्ता आफैंले रोजेर खसी, कुखुरा र हाँस किन्न सक्ने बताइएको छ। साथै, इ-फार्मको भाइबर,  इन्स्ट्राग्राम, फेसबुक लगायत सामाजिक सञ्जालमा भिडियो कल गरेर पनि खसी छनोट गरी अर्डर गर्न सकिनेछ।

Tata
GBIME
Nepal Life

उपभोक्ताले बिहान ५ बजेदेखि राती १२ बजेसम्म जुनसुकै समयमा फेन गरेर खसी, हाँस, कुखुरा अर्डर गर्न सक्नेछन्। असोज २५ गतेदेखि सुरु भएको यो मेला कातिक ९ गतेसम्म संचालन हुनेछ।

यसका साथै, इ-फार्मले आफ्नो बालुवाटार काठमाडौंस्थित स्टोरबाट समेत मासुको बिक्री सुरु गरेको जनाएको छ।

उपभोक्ताको मागअनुसार खसी जिउँदै र काटेर सफा गरेर डेलिभरी गर्ने जनाएको छ। इ-फार्मको वेबसाईटबाट वा ९८०१८५५५०५, ९८५२०५५९७९ मा फोन गरेर पनि अर्डर गर्न सकिने।

इ-फार्मले केही साताअघि देखि नै अनलाइनबाटै दसैंलाई लक्षित गरेर खसी, हाँस, कुखुरा तथा मासुको  प्रि-बुकिङ सुरु गरेको थियो। त्यस्तै जिउँदो वा सिङ्गै खसी लैजान नसक्ने उपभोक्ताले तीन केजीभन्दा बढी अर्डर दिए घरमै डेलिभरी गरिने पनि कम्पनीले बताएको छ ।

इ-फार्ममा धनकुटा, बैतडी, उदयपुर, सल्यान लगायतका विभिन्न पहाडी जिल्लाबाट ल्याएको खसी, नुवाकोटको कुखुरा पाइने जनाइकए छ ।

करिब ११ रोपनी जग्गामा इ-फार्मको आफ्नै खसी फार्मसँगै स्लटर हाउस पनि छुट्टै छ। दुई वर्षअगाडि खसी र च्यांग्रा बिक्री गर्दै सुरु भएको इ-फार्मले त्यसपछि अन्य कृषि उत्पादनहरुलाई पनि थप्दै आफ्नो सेवा विस्तार गर्दै गएको बताएको छ।