१२ वटा मात्र शाखा रहेको स्ट्यान्डर्ड चार्टर्डले पनि सञ्जाल थप्दै, काठमाडौं महानगरमा शाखा थप्ने

बिजमाण्डू
२०७८ भदौ ३० गते ०८:५९ | Sep 15, 2021
१२ वटा मात्र शाखा रहेको स्ट्यान्डर्ड चार्टर्डले पनि सञ्जाल थप्दै, काठमाडौं महानगरमा शाखा थप्ने

काठमाडौं। भएको शाखा पनि बन्द गरेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले काठमाडौंमा सञ्जाल बिस्तार गर्ने भएको छ। बैंकसँग अहिले १२ वटा शाखा कार्यालय छ, जुन अन्य बैंकहरुकोभन्दा निकै कम हो।

Tata
GBIME
Nepal Life

विदेशी संयुक्त लगानीको चार्टर्डले काठमाडौं महानगरभित्र एउटा शाखा खोल्ने भएको हो। बैंकको कर्पोरेट अफिस भने बानेश्वरमा छ। बैंकले नयाँ शाखा कम्तिमा ३००० वर्गमिटरको हुनुपर्ने भन्दै घर भाडाका लागि सूचना निकालेको छ।

बैंकले दरबारमार्गदेखि महाराजगञ्जसम्म र गैह्रीधारादेखि लाजिम्पाटभित्र शाखा खोल्न खोजेको छ। यसका लागि बैंकले १५ दिनभित्र इच्छुक घरधनीलाई आवेदन दिन आह्वान गरेको छ।

बैंकलाई कम्तिमा १० वर्षका लागि घर उपलब्ध गराउनुपर्ने हुन्छ। भाडा सहमतिमा तय हुने छ। बैंकले विगतमा आफ्नो मुख्य स्थानमा रहेको शाखासमेत बन्द गरेको थियो। पोखरा, दुहबी, विराटनगरजस्ता ठाउँको शाखा बन्द गरेको थियो।