चाडबाडमा खानेतेलको मूल्य किन बढ्यो? घ्यू तेल उत्पादक संघले दियो बढ्नुका तीन कारण

बिजमाण्डू
२०७८ भदौ २९ गते १७:४४ | Sep 14, 2021
चाडबाडमा खानेतेलको मूल्य किन बढ्यो? घ्यू तेल उत्पादक संघले दियो बढ्नुका तीन कारण

काठमाडौं। चाडबाडको मुखमा खानेतेलको मूल्य किन बढ्यो भन्ने सन्दर्भमा ब्यवसायीले प्रष्टीकरण दिएका छन्। नेपाल वनस्पति घ्यूतेल उत्पादक संघले एक विज्ञप्ति जारी गर्दै सरकारी महशुल र कोभिडका कारण तेलको मूल्य बढाउन बाध्य हुनु परेको प्रष्टीकरण दिएको छ।

Tata
GBIME

खानेतेलको भन्सार महशुल १० प्रतिशत छ। पछिल्लो १७ महिनामा कच्चा पदार्थको मूल्यमा भएको दोब्बरभन्दा बढि बृद्धिका कारण महशुल दर सरदर २० रुपैयाँबाट ४५ रुपैयाँ पुगेको छ। यसबाहेक कभिड १९ को कारण ढुवानीमा पर्न गएको असरले भाडा बृद्धि भएको छ। यसले गर्दा खानेतेलको मूल्य २० देखि २५ रुपैयाँ लिटरमा बढ्न गएको विज्ञप्तिमा उल्लेख छ।

सहायक कच्च पदार्थ र प्याकिङ सामाग्रीमा प्रयोग हुने सामानको मूल्यसमेत बढेर गएको संघले प्रष्टीकरण दिएको छ। यसले गर्दा नेपालमा पनि खानेतेलको मूल्य बढेको उनीहरुको भनाइ छ। 

संघमा २० वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरु छन्।