पूर्व प्रधानमन्त्री भट्टराईले भने-‘कोभिडमा पनि बैंकको नाफा बढ्यो, स्प्रेडदर घटाउनुपर्छ’



बिजमाण्डू
२०७८ साउन २२ गते १२:५७ | Aug 6, 2021
पूर्व प्रधानमन्त्री भट्टराईले भने-‘कोभिडमा पनि बैंकको नाफा बढ्यो, स्प्रेडदर घटाउनुपर्छ’


काठमाडौं। पूर्व प्रधानमन्त्री  डा. बाबुराम भट्टराईले ऋणको ठूलो हिस्सा काठमाडौंमा केन्द्रित भएको बताएका छन्।

Vigo
GBIME
Tata

संसदको अर्थ समिति बैठकमा उनले व्यापारिक क्षेत्रमा मात्रै धेरै ऋण गएको र उत्पादनमूलक क्षेत्रमा लैजानुपर्ने बताए।

उनले कोभिडको समयमा पनि बैंकिङ क्षेत्रको मात्रै नाफा बढेको भन्दै स्प्रेडदर घटाउनु पर्ने भट्टराईले बताए। छलफलमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बैंक ब्याजदर दर तोक्ने विषयमा हस्तक्षेप गर्न नहुने बताए।

उनले बैंकको पनि आफ्नै व्यवसाय गर्ने तरिका भएकोले हस्तक्षेप गर्न नहुने स्पस्ट पारे।