सुन फेरि तीन दिन अघिकै मूल्यमा फर्कियो, प्रतितोला ९३ हजार २ सय, चाँदीमा गिरावट जारी

बिजमाण्डू
२०७८ साउन ५ गते १३:१० | Jul 20, 2021
सुन फेरि तीन दिन अघिकै मूल्यमा फर्कियो, प्रतितोला ९३ हजार २ सय, चाँदीमा गिरावट जारी

Tata
GBIME
Nepal Life

काठमाडौं। क्रमिक उकालो लागेको सुनको भाउ मंगलबार पनि बढेको छ भने चाँदीमा घटेको छ।

सोमबारका तुलनामा ४ सय रुपैयाँ बढेर सुन प्रतितोला ९३ हजार २ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो गत शुक्रबारको मूल्य हो। गत आइतबार भने ६ सयको गिरावट आउँदा ९२ हजार ६ सयसम्म आइपुगेको थियो। सोमबार २ सय रूपैयाँ बढ्दा प्रतितोला कारोबार मूल्य ९२ हजार ८ सय रुपैयाँ भएको थियो। 

क्रमिक घटिरहेको चाँदीको मूल्यमा पुनः गिरावट आएको छ। १० रुपैयाँ घट्दा मंगलबार प्रतितोला १२ सय ८० भएको छ। सोमबार प्रतितोला १२ सय ९० रुपैयाँ थियो। गत बिहीबारका तुलनामा आइतबार २५ रूपैयाँ घट्दा प्रतितोला १२ सय ९५ भएको थियो। त्यसअघि शुक्रबार मूल्य स्थिर थियो। 

अन्तर्राष्ट्रिय बजारमा मंगलबार पनि सुनको कारोबार मूल्यमा बढोत्तरी हुँदै प्रतिऔंस १८१५.०६ डलरमा कारोबार भइरहेको छ। यसअघि आइतबार प्रतिऔंस १८१२.३६ डलर र सोमबार १८१४.७६ डलरमा कारोबार भएको थियो। 

चाँदी भने कारोबार मूल्य भने घटेर प्रतिऔंस २५.१२ डलरमा कारोबार भइरहेको छ। यसअघि आइतबार प्रतिऔंस २५.६७  र सोमबार २५.५४ डलरमा कारोबार भएको थियो।