कर घटेपछि छुट्न थाले विद्युतीय गाडी, २६ करोड मूल्य बराबरको ६० वटा सवारी साधन भित्रिए

बिजमाण्डू
२०७८ असार ३ गते ०८:०७ | Jun 17, 2021
कर घटेपछि छुट्न थाले विद्युतीय गाडी, २६ करोड मूल्य बराबरको ६० वटा सवारी साधन भित्रिए

Tata
GBIME
Nepal Life

वीरगंज। सरकारले अन्त:शुल्क र भन्सार घटाएपछि वर्ष दिनदेखि भन्सार विन्दुमा होल्ड भएका विद्युतीय गाडी धमाधम छुट्न थालेका छन्।

वीरगंज भन्सार र सुख्खा भन्सार गरी दुई नाकाबाट जेठ १६ देखि ३१ गते सम्म १६ दिनमा करिब २६ करोड मूल्य बराबरको ६० वटा विद्युतीय जीप,कार,भ्यान र ३५ वटा तीन पाङ्ग्रे इ-रिक्सा भित्रिएको छ। सुख्खा भन्सारका सूचना अधिकारी भन्सार अधिकृत चूडामणी शर्मा कट्टेलका अनुसार पछिल्लो १६ दिनमै ७ करोड ५४ लाख ७१ हजार राजस्व तिरेर २० करोड ७० लाख ६६ हजार मूल्य बराबरको ‘किया’को विद्युतीय गाडीको जाँचपास भएको बताए।

उनका अनुसार अब भन्सारमा जम्मा १० वटा मात्र विद्युतीय कार होल्ड छ। वीरगंज भन्सारका सूचना अधिकारी सुमित गुप्ताका अनुसार बजेट भाषणपछि वीरगंज भन्सारबाट जेठ मसान्त सम्म जम्मा १५ वटा जीप,कार,भ्यान र ३५ वटा तीन पाग्रे इ-रिक्साको जाँच पास भएको बताए।

उनका अनुसार ५ करोड २२ लाख ८२ हजार मूल्य बराबरको १५ वटा विद्युतीय कारहरु १ करोड ५१ लाख८० हजार राजस्व बुझाएर छुटेको छ। त्यसैगरी १२ लाख ७६ हजार राजस्व बुझाएर ३८ लाख १३ हजार मुल्य बराबरको ३५ वटा इ-रिक्सा भित्रिएको उनले जानकारी दिए।