फादर एण्ड सन्स् क्याम्पेनलाई वाणिज्य बैंकको ३ लाख सहयोग, वातावरण संरक्षणमा सघाउ पुग्ने

बिजमाण्डू
२०७८ असार १ गते १९:०० | Jun 15, 2021
फादर एण्ड सन्स् क्याम्पेनलाई वाणिज्य बैंकको ३ लाख सहयोग, वातावरण संरक्षणमा सघाउ पुग्ने


काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले सगरमाथाको सफल आरोहण गर्ने पूर्णकुमार शेर्पा र सोनाम शेर्पाको फादर एण्ड सन्स् क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरेको छ। उनीहरुको नाता बुवा छोरोको हो।

Tata
GBIME
Nepal Life

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले 'प्रकति जोगाऔं, जलवायु परिवर्तन न्यूनिकरण गरौं' भन्ने मुल नाराका साथ चेक हस्तान्तरण गरेको जनाएको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले तीन लाख रुपैंया बराबरको चेक आरोहण दललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई मंगलबार हस्तान्तरण गरेको बैंकले जनाएको छ।

गत मे २३ गते सगरमाथाको चुचुरोमा राष्ट्रिय वाणिज्य बैंकको झण्डा फहराइएको तस्बिर सीइओ श्रेष्ठलाई सगरमाथा आरोहीहरुले हस्तान्तरणसमेत गरेका छन्। 

फादर एण्ड सन्स् क्याम्पेनले प्रकृति जोगाऔं महाअभियान अन्तर्गत सात महादेश र पाँच समुन्द्रको सफाई गर्ने बताइएको छ। 

बैंकका सीइओ श्रेष्ठले वाणिज्य बैंकको झण्डा सगरमाथाको चुचुरोमा फहराएकोमा आरोहीदललाई धन्यवाद ज्ञापन गर्दै  किर्तिमान कायम गर्ने मात्र नभएर वातावरण संरक्षण गर्ने विश्व अभियानलाई सहयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन्। 

गत मे २३ का दिन बाबु छोराले सगरमाथाको सफल आरोहण गरी अभियान सुरु गरेको जनाएका छन्।