बाह्य आर्थिक सन्तुलन पनि बिग्रिन थाल्यो, विदेशी मुद्राको सञ्चिति घट्यो, चालु खाता घाटा चुलियो

बिजमाण्डू
२०७८ जेठ ३१ गते ००:०० | Jun 14, 2021
बाह्य आर्थिक सन्तुलन पनि बिग्रिन थाल्यो, विदेशी मुद्राको सञ्चिति घट्यो, चालु खाता घाटा चुलियो

Tata
GBIME
Nepal Life

काठमाडौं। चालु आर्थिक बर्षको १० महिना अर्थात बैशाखसम्म विदेशमा काम गर्न गएका नेपालीले पठाएको रेमिटेन्स ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो बर्षको बैशाखको तुलनामा १९.२ प्रतिशतले बढि हो।

अघिल्लो बर्ष रेमिटेन्स ६.३ प्रतिशतले घटेको थियो। अचम्म त के छ भने रोजगारीमा जानेको संख्या घटिरहेको छ। तैपनि रेमिटेन्स बढिरहेको छ। अमेरिकी डलरमै पनि रेमिटेन्स १६.१ प्रतिशतले बढेर ६ अर्ब ८७ करोड डलर भित्रिएको छ।

अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको छ। पुन श्रम स्वीकृति लिनेको संख्या पनि ४९ प्रतिशतले घटेको छ। तैपनि रेमिटेन्स बढिरहेको छ।

आयात उच्च दरले बढ्दा यता चालु खाता घाटामा दबाब परेको छ। १० महिनामा घाटा २ खर्ब ४७ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। शोधनान्तर बचत पनि घट्दो क्रममा छ। बचत ७ अर्ब ७५ करोड रुपैयाँमा खुम्चिएको छ। 

बिदेशी मुद्राको सञ्चिति पनि क्रमिक रुपमा घट्न थालेको छ। य असारमा १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ सञ्चिति रहेकोमा बैशाखसम्म आउँदा १३ खर्ब ९० अर्ब ८४ करोडमा  झरेको छ। 

पोहोर सरकारले लकडाउन गरेपछि बाह्य क्षेत्र राम्रो भएर गएको थियो। आयात घटेको थियो भने शोधनान्तर बचत उच्च थियो। बिदेशी मुद्राको सञ्चिति पनि बढेको थियो।