१३ अर्ब हाराहारीको ऋणपत्र चालु अवस्थामा रहेकै बेला एनआइसी एसियाले फेरि ३ अर्बको जारी गर्दै

बिजमाण्डू
२०७८ जेठ २८ गते ०९:१८ | Jun 11, 2021

Tata
GBIME

काठमाडौं। यसअघि जारी गरिएका चार वटा ऋणपत्रको अवधि चालु रहँदै एनआइसी एसिया बैंकले फेरि अर्को ऋणपत्र जारी गर्ने भएको छ।

बैंकको एक ऋणपत्र गत महिना परिपक्व भइसकेको छ। यसबाहेक अन्य चार चालु अवस्थामा छन्। 

बैंकले साढे ८ प्रतिशत ब्याजको तीन अर्बको ऋणपत्र जारी गर्न लागेको हो। ऋणपत्र असार ६ गतेबाट जारी गर्ने छ। 

बैंकले फेरि १० बर्ष अवधिको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो।

बैंकको एक महिनाअघि ५० करोड रुपैयाँको 'एनआइसी एसिया बन्ड-२०२१' परिपक्व भइसकेको छ।

यसबाहेक २०८१/८२, ८२/८३, ८३/८४ र ८५/८६ चालु अवस्थामा छ। अहिले कुल १३ अर्ब रुपैयाँ हाराहारीको ऋणपत्र चालु अवस्थामा छ। ऋणपत्र परिपक्व नहुने अवधिसम्म बैंकले समानुपातिक हरेक बर्ष भुक्तानीका लागि पैसा जगेडा कोषमा राख्नु पर्छ।