सिर्जना फाइनान्सलाई प्राप्ति गर्न सिटिजन्स बैंकको विशेष साधारणसभा, सिर्जनाबाट पनि अनुमोदन

बिजमाण्डू
२०७८ जेठ २७ गते १०:१९ | Jun 10, 2021
सिर्जना फाइनान्सलाई प्राप्ति गर्न सिटिजन्स बैंकको विशेष साधारणसभा, सिर्जनाबाट पनि अनुमोदन


Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल र सिर्जना फाइनान्सको विशेष साधारणसभाले प्राप्ति गर्ने प्रस्ताव पारित गरेका छन्।

प्राप्ति गर्न अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका दुबै संस्थाले बिहीबार विशेष साधारणसभाबाट प्रस्ताव अनुमोदन गराएका हुन्।

यसअघि बैंक सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका सुवास आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

आ-आफ्नो विशेष साधारणसभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गरिनेछ। दुवै बैंकले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। 

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी करिब १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ। 

प्राप्तिपछि बैंकको कुल शाखा १८९ हुने छ।