सुनको मूल्य तोलामा ३ सय रुपैयाँले गिरावट, सोमबार कारोबार मूल्य ९३ हजार ८ सय, चाँदी पनि घट्यो

बिजमाण्डू
२०७८ जेठ २४ गते १२:०५ | Jun 7, 2021
सुनको मूल्य तोलामा ३ सय रुपैयाँले गिरावट, सोमबार कारोबार मूल्य ९३ हजार ८ सय, चाँदी पनि घट्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। आइतबार तोलामा ७ सय रुपैयाँले बढेको सुन सोमबार ३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ  निर्धारण भएको छ। 

आइतबार तोलामा प्रतितोला ९४ हजार १ सय रुपैयाँ थियो। निषेधाज्ञाले बजार र कारोबार बन्द भए पनि महासंघले मूल्य निर्धारणलाई निरन्तरता दिएको छ। 

चाँदी तोलामा ५ रुपैयाँले बढेको छ। आइतबार १५ रुपैयाँ बढ्दा प्रतितोला १३ सय ५५ रुपैयाँ थियो। सोमबारको कारोबार मूल्य १३ सय ५० रूपैयाँ छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव जारी छ। गत साता १९ सय डलरभन्दा माथि पुगेको सुन क्रमिक घट्दै  आज प्रतिऔंस १८८६.२४ प्रतिशत र चाँदी प्रतिऔंस २७.५८ डलरमा कारोबार भएको छ।