खेतानले सनराइज बैंकको करिब ३ लाख कित्ता सेयर बिक्री गर्दै, मूल्य प्रतिकित्ता १४० रुपैयाँ




काठमाडौं। श्यामसुन्दर खेतानले सनराइज बैंकको संस्थापक सेयर बिक्री गर्ने भएका छन्। खेतानले सेयर बिक्रीका लागि राष्ट्र बैंकसँग स्वीकृति लिइसकेका छन्।

उनले २ लाख ८३ हजार ७८६ कित्ता सेयर बिक्री गर्न लागेका हुन्। उनले यसको न्यूनतम मूल्य प्रतिकित्ता १४० रुपैयाँ निर्धारण गरेका छन्।

TATA
Safety
Riddhi siddhi Cement

संस्थापक सेयर सुरुमा संस्थाकै अर्को संस्थापकलाई खरिदका लागि पहिलो मौका दिनु पर्छ। उनीहरुले नकिनेमा बल्ल लिलाम गरिने छ।

यो सेयर बिक्रीबाट ३ करोड ९७ लाख ३० हजार ४० रुपैयाँ प्राप्त हुने छ। अंकित मूल्य सय रुपैयाँ भएकाले १४० रुपैयाँमा बिक्री भएमा बाँकी रहेको ४० मा पुँजीगत लाभकर लाग्ने छ। 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell