कर्मचारीको तलब २ हजार रुपैयाँ बढ्यो, पुरानो भत्तालाई निरन्तरता, न्यूनतम तलब २३ हजार ४७० रुपैयाँ

बिजमाण्डू
२०७८ जेठ १५ गते १८:३० | May 29, 2021
कर्मचारीको तलब २ हजार रुपैयाँ बढ्यो, पुरानो भत्तालाई निरन्तरता, न्यूनतम तलब २३ हजार ४७० रुपैयाँ


काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब वृद्धि गरेका छन्। उनले कर्मचारीको तलब २ हजारका दरले बढाएका हुन्।

Tata
GBIME
Nepal Life

यसअघि दिँदै आएको २ हजार भत्तालाई निरन्तरता दिएका छन्। दुई वर्षअघि सरकारले नायब सुब्बासम्मका लागि २० प्रतिशत र त्यसभन्दा माथि पदका लागि १८ प्रतिशतले तलब बढाएको थियो। 

बढेको तलब निजामतिबाहेक प्रहरी, सेना, शिक्षक र प्राध्यापकहरुका लागि पनि लागू हुने छ।

कर्मचारीका नेताहरुले यसपाली तलब बढाउनु पर्ने समय भए पनि महामारीका कारण असहज अवस्था आएकाले अहिले फ्रन्टलाइनमा काम गर्नेहरुलाई प्रोत्साहन भत्ता दिन भनेका थिए।   

  भत्ता पुरानो तलब बढेको तलब
प्रथम स्तर 2000 21470 23470
द्वितीय स्तर 2000 22657 24657
तृतीय स्तर 2000 23980 25980
चतुर्थ स्तर 2000 25987 27987
पाँचौं स्तर 2000 28556 30556
राजपत्र अनंकित      
राप अन द्वितीय 2000 28400 30400
राप अन द्वितीय (अ मा) 2000 29551 31551
राप अन प्रथम 2000 30193 32193
राप अन प्रथम (अ मा) 2000 32799 34799
राजपत्रांकित      
राप तृतीय 2000 37975 39975
राप द्वितीय 2000 42357 44357
राप प्रथम 2000 49365 51365
ब.सचिव (पेन्सन प्रयोजन) 2000 52582 54582
राप विशिष्ट सचिव 2000 62652 64652
मुख्य सचिव 2000 66406 68406