इन्धनको मूल्य वृद्धिको भार हवाई भाडामा, न्यूनतम ९० रुपैयाँदेखि ४ सयसम्म बढ्यो भाडा

बिजमाण्डू
२०७८ बैशाख ७ गते १७:५३ | Apr 20, 2021
इन्धनको मूल्य वृद्धिको भार हवाई भाडामा, न्यूनतम ९० रुपैयाँदेखि ४ सयसम्म बढ्यो भाडा

Tata
GBIME

काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै सरचार्ज मूल्य अधिकतम ८५ रुपैयाँले वृद्धि भएको छ।

हवाई इन्धन मूल्य दुई रुपैयाँले वृद्धि भएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा सरचार्ज वृद्धि भएको वायुसेवा संचालक संघ नेपालले जनाएको छ। सरचार्ज वृद्धि भएसँगै यतिखेर विभिन्न गन्त्व्यको हवाई भाडादर अधिकतम चार सय रुपैयाँसम्म वृद्धि भएको संघका कोषाध्यक्ष रुपेश जोशीले बताए।

कोभिड-१९ महामारी सुरु भएदेखि हालसम्म सरचार्ज ११ रुपैयाँले वृद्धि भएको कोषाध्यक्ष जोशीले जानकारी दिए। 'मूल्यवृद्धि भएसँगै हालसम्म इन्धनको मूल्य ११ रुपैयाँ वृद्धि भएको छ। अब स्वचालितरूपमा हवाई भाडादरमा न्यूनतम ९० रुपैयाँदेखि अधिकतम चार सय रुपैयाँसम्म वृद्धि हुने देखिएको छ,' उनले भने।

अहिले वृद्धि भएको भाडादरले यात्रुलाई खासै मर्का भने पर्न नआउने उनले दाबी गरे।