बाँकेमा वैशाख ९ देखि लकडाउन, केन्द्रसँगको समन्वयमा लकडाउन हुने स्थानको टुंगो लगाइने

बिजमाण्डू
२०७८ बैशाख ७ गते १६:३४ | Apr 20, 2021

Tata
GBIME

बुटवल। कोरोना संकमण बढ्दै गएपछि लुम्बिनी प्रदेशको बाँकेमा यही वैशाख ९ गतेदेखि लकडाउन हुने भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी), बाँकेले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको बताए।

डीसीसीएमसीको बैठकमा बाँके जिल्लाभरी नै लकडाउन गर्ने कि नेपालगञ्ज उपमहानगरपालिकाभित्र मात्रै गर्ने भन्ने विषयमा दुईमत देखिएको छ। प्रमुख जिल्ला अधिकारी गेलालले केन्द्रसँगको समन्वयमा लकडाउन हुने स्थानको टुंगो लाग्ने बताए।

बाँकेमा मंगलबारसम्म ८ सय ६६ जना संक्रमित छन्। नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै ५ सय बढी छन्।