सिभिल बैंकको व्यवस्थापकीय नेतृत्व सुनिल पोखरेललाई जिम्मा, विदेशी बैंकमा पनि काम गरेको अनुभव

बिजमाण्डू
२०७८ बैशाख ६ गते ००:०० | Apr 19, 2021
सिभिल बैंकको व्यवस्थापकीय नेतृत्व सुनिल पोखरेललाई जिम्मा, विदेशी बैंकमा पनि काम गरेको अनुभव


Tata
GBIME
Nepal Life

काठमाडौं। सिभिल बैंकले कामु प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेललाई नियुक्त गरेको छ। 

गोविन्द गुरुङले प्रमुख कार्यकारीबाट राजीनामा गरेपछि पोखरेललाई बैंक सञ्चालक समिति बैठकले व्यवस्थापन नेतृत्वको जिम्मेवारी दिएको हो। स्रोतका अनुसार केही समयपछि उनलाई नै प्रमुख कार्यकारी बनाउने बैंकको तयारी छ।

बैंकले गुरुङको राजीनामा बैशाख १८ गतेबाट लागू हुने गरी स्वीकृत गरेको छ। त्यसपछि पोखरेलले कामु प्रमुख कार्यकारीको जिम्मेवारी सुरु गर्ने छन्।

पोखरेल अहिले नायब प्रमुख कार्यकारी अधिकृत छन्। पोखरेल अनुभवी बैंकर हुन्। उनीसँग विदेशस्थित बैंकदेखि नेपालमै रहेको विदेशी बैंकमा काम गरेको अनुभव छ।

उनले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका हुन्। तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा उनले १९ वर्षभन्दा बढी काम गरेका थिए।

त्यसपछि उनले एनआइसी एसियामा करिब ५ वर्ष काम गरे। नबिल बैंकमा एक वर्ष काम गरे। त्यसपछि उनी म्यानमारस्थित युनाइटेड अमरा बैंकमा काम गरे। त्यहाँ डेढ वर्ष काम गरेपछि उनले म्यानमारकै एजीडी बैंकमा अर्को डेढ वर्ष बिताए।

उनी कुसोममा पनि आबद्ध छन्। यो काठमाडौं विश्वविद्यालयअन्तर्गतको शैक्षिक प्रतिष्ठान हो।