प्रभु बैंकले काठमाडौं विशेष अदालतमा एक्सटेन्सन काउन्टर संचालनमा ल्यायो

बिजमाण्डू
२०७८ बैशाख ३ गते १५:२३ | Apr 16, 2021
प्रभु बैंकले काठमाडौं विशेष अदालतमा एक्सटेन्सन काउन्टर संचालनमा ल्यायो

Tata
GBIME

काठमाडौं। प्रभु बैंकले काठमाडौं विशेष अदालतमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ। शुक्रबार न्यायाधीश प्रेमराज कार्कीले एक्सटेन्सन काउन्टरको उद्घाटन गरे।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन समेत उपस्थित थिए। यो काउन्टरबाट अदालतमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न सहज हुनेछ। काउन्टरबाट सेवाग्राहीले बैंकको गुणस्तरीय बैंकिङ सेवा पाउने विज्ञप्तिमा दाबी गरिएको छ।