अर्थसचिव ढुंगानाले भने-‘चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर पाँच प्रतिशत भन्दा बढी हुन्छ’

बिजमाण्डू
२०७७ चैत्र ३१ गते १९:२४ | Apr 13, 2021
अर्थसचिव ढुंगानाले भने-‘चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर पाँच प्रतिशत भन्दा बढी हुन्छ’

Tata
GBIME
Nepal Life

काठमाडौ। अर्थ सचिव शिशिर ढुंगानाले चालु वर्षको आर्थिक वृद्धिदर ५ प्रतिशत भन्दा बढी हुने बताएका छन्। संसदको अर्थसमितिले सुरु गरेको बजेट छलफलमा बैकहरुको ऋण प्रवाह बढ्दै गएकोले औसत आर्थिक वृद्धिदर हासिल हुने उनलेे जिकिर गरे।

चालु आर्थिक वर्षको बजेटले ७ प्रतिशतको लक्ष्य लिएको छ । सोमबार विश्व बैंकले २.७ प्रतिशतको वृद्धि हुने अनुमान गरेको छ। सचिव ढुंगानाले विश्व बैंकले अहिलेको परिस्थितीलाई हेरेर गरेको बताउँदै बाँकी ३ महिनामा पुँजीगत खर्च बढ्ने भएकोले आर्थिक वृद्धि बढ्ने बताए।

रकमान्तर र स्रोतान्तर कानुन बमोजिम नै गरिएको ढुंगानाको जिकिर छ। उनले भने-'खर्च नहुने स्थानको बजेट खर्च हुने स्थानमा रकमान्तर गरिएको छ। यसलाई अन्यथा लिनु हुँदैन। यो कानुनविपरीत होइन।' सरकारले राखेको राजस्व लक्ष्य पनि पूरा हुने उनले बताए।