दुई सातामै व्यवसायी किशोरकुमार प्रधानलाई सरकारको उपहार, एनएसीको संचालक समितिमा नियुक्त




काठमाडौं। सरकारले नेकपा एमालेमा प्रवेश गरेका व्यवसायी किशोरकुमार प्रधानलाई दुई साता नवित्दै नेपाल वायुसेवा निगमको संचालकमा नियुक्त गरेको छ।

प्रधान नेपाल उद्योग वाणिज्य महासंघको पूर्व उपाध्यक्ष हुन्। उनले यो पटक वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसँग पराजित भएका थिए। दुई साता अघि उद्योगी व्यवसायीको छलफल कार्यक्रममा प्रधानसहित २ सय ३५ जना उद्योगी व्यवसायीलाई एमाले प्रवेश गराइएको थियो।

TATA
Safety
TVS

 मंगलबारको पर्यटनमन्त्रीस्तरीय निर्णयबाट प्रधानलाई संचालकमा चार वर्षका लागि नियुक्त गरिएको हो। एमालेमा प्रवेशपछि प्रधानले उद्योगी व्यवसायीको मुद्दाको अध्ययन गरेर सरकारमार्फत संबोधनको प्रयास गर्ने बताएका थिए। उनले आफू पदका लागि नभएर उद्योगी व्यवसायीको समस्या समाधानका लागि गएको समेत जिकिर गरेका थिए।

‘म कुनै पद प्राप्त गर्नका लागि गएको होइन। कुनै पदको नेगोशिएसन गरेर गएको पनि होइन,’ प्रधानले बिजमाण्डूसँग भनेका थिए, ‘तर काम गर्दै गएपछि प्रधानमन्त्रीज्यूले पक्कै केही सोच्नुभएको होला।’


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell