फर्स्ट माइक्रोफाइनान्स, नेशनल र सिटिजन इन्भेष्टमेन्टका संस्थापक सेयर लिलामीमा, बोलपत्र खुल्यो

बिजमाण्डू
२०७७ चैत्र २३ गते १०:३३ | Apr 5, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। दुई वाणिज्य बैंकले आफूसँग रहेका फर्स्ट माइक्रो फाइनान्स, नेशनल माइक्रोफाइनान्स र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टका संस्थापक सेयर लिलाममा बिक्री गर्ने भएका छन्।

ग्लोबल आइएमइ बैंकले फर्स्ट माइक्रो फाइनान्सको ८१ हजार ५०० कित्ता सेयर बिक्री गर्ने भएको हो। बैंकले सेयर मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकेको छ।

यसैगरी एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल माइक्रो फाइनान्सको ५५ हजार ८ सय ६६ कित्ता र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार कित्ता संस्थापक सेयर बेच्ने भएको हो।

एनआइसीले नेशनलको सेयर मूल्य प्रतिकित्ता ४ सय ६६ रूपैयाँ तोकेको छ भने सिटिजनको संस्थापक सेयर मूल्य प्रतिकित्ता १ हजार ५ सय २९ रूपैयाँ तोकेको छ।

दुबै बैंकले खरिदमा इच्छुक लगानीकर्तालाई गोप्य सिलबन्दीका लागि बोलपत्र आह्वान गरेका छन्। खरिद गर्न चाहनेले न्यूनतम १०० कित्ता र अधिकतम १० ले भाग जाने गरी सबै कित्ता सेयरका लागि आबेदन दिन सकिने सूचनामा जनाइएको छ।

एनआइसी एसिया बैैंकको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल छ भने ग्लोबलको बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यपिटल छ।

फर्स्ट माइक्रो फाइनान्सको संस्थापक सेयर खरिदका लागि वैशाख २६ सम्म, नेशनल र सिटिजनको सेयर खरिदका लागि भने चैत ३१ सम्ममा गोप्य सिलबन्दी आवेदन दिन सकिने जनाइएको छ।