सबै दूरसञ्चार कम्पनीले बढाए फोरजी ग्राहक, एकै महिनामा एनसेलले थप्यो २ लाख ४० हजार ग्राहक

बिजमाण्डू
२०७७ चैत्र १९ गते ११:३४ | Apr 1, 2021
सबै दूरसञ्चार कम्पनीले बढाए फोरजी ग्राहक, एकै महिनामा एनसेलले थप्यो २ लाख ४० हजार ग्राहक

Tata
GBIME
Nepal Life

काठमाडौं। माघमा सबै दूरसञ्चार कम्पनीहरुले फोरजी ग्राहक थपेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआइएस रिपोर्ट अनुसार एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमले फोरजी ग्राहक थपेका छन्। 

निजी क्षेत्रको ठूलो सेवाप्रदायक एनसेलले सबैभन्दा बढी फोरजी ग्राहक थपेको छ। पुसको तुलनामा माघमा एनसेलले दुई लाख ३९ हजार ७९७ नयाँ ग्राहक थपेको छ। माघमा एनसेलको फोरजी ग्राहक संख्या ४३ लाख २५ हजार ९३६ पुगेको छ। 

नेपाल टेलिकमले पनि फोरजी ग्राहक संख्या थपेको छ। माघमा एक लाख ६१ हजार ४६८ ग्राहक थपेर टेलिकमले २५ लाख ४४ हजार ७२४ पुर्याएको छ। 

यस्तै, स्मार्ट टेलिकमले पनि फोरजी ग्राहक संख्या थपेको छ। पुसमा दुई लाख १९ हजार ७०८ ग्राहक रहेको स्मार्टसँग माघमा दुई लाख २२ हजार १४५ पुगेको प्राधिकरणले जनाएको छ।

माघमा थ्रीजी ग्राहकहरु टेलिकमको बढी छ। टेलिकमका थ्रीजी ग्राहक ८८ लाख ६० हजार ३२२ र एनसेलको २४ लाख ९१ हजार ६५३ रहेको प्राधिकरणले जनाएको छ।